१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

इङ्लिस प्रिमियर लिगः सनको गोलमा टोटेनह्यामको जित



काठमाडौं ।
टोटेनह्यामले इङ्लिस प्रिमियर लिगमा लगातार तेस्रो जित निकाल्ने क्रममा आज वाटफोर्डलाई १–० ले पराजित गरेको छ । टोटेनह्यामको जितमा ह्युङ–मिन सनले निर्णायक गोल गरेका थिए ।

घरेलु मैदान टोटनह्याम हटस्पर मैदानमा दक्षिण कोरियाका मिडफिल्डर सनले ४२औँ मिनेटमा गरेको गोल टोटेनह्यामलाई तीन अङ्क जोड्न पर्याप्त बन्यो । जारी सिजन सनको यो दोस्रो गोल हो । सनले साविक विजेता म्यानचेस्टर सिटीविरुद्धको पहिलो खेलमा पनि गोल गरेका थिए । सनकै गोलमा टोटेनह्यामले सिटीलाई १–० ले हराउँदै प्रिमियर लिगमा विजयी सुरुआत गरेको थियो ।

लगातार तेस्रो जितपछि टोटेनह्याम ९ अङ्कका साथ शीर्ष स्थानमा छ । वाटफोर्डको यो दोस्रो हार हो । उल्भरह्याम्पटनबाट यसै सिजन वाटफोर्ड आएका प्रशिक्षक नुनो स्प्रिरिटो सान्टो अपराजित छन् ।

आजै प्रिमियर लिगको अर्को खेलमा बर्नली र लिड्स युनाइटेडले १–१ को बराबरी खेले । बर्नलीले क्रिस उडको गोलबाट ६१औँ मिनेटमा अग्रता लिएको थियो । तर अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा बर्नलीले घरेलु मैदानमा एक अङ्कमै चित्त बुझायो ।

बराबरीपछि लिड्स १५ र बर्नली १६औँ स्थानमा छ ।

प्रकाशित मिति : १४ भदौ २०७८ सोमबार ००:००  ७ : ०२ बजे