२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

करेन्ट लागेर धादिङमा दुईको मृत्यु



धादिङ ।

धादिङको गजुरी गाउँपालिका ५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज दुई जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारणले पहिराले रुख ढलेर तार छिनेको र बनाउन जाने क्रममा विद्युत् प्राधिकरणको पोलमा भर्‍याङ राख्दा पोलमा सर्ट भएपछि सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए।

मृत्यु हुनेमा स्याङ्जा निवासी २७ वर्षीय विमल परियार र पोखरा महानगरपालिका निवासी २४ वर्षीय उमाकान्त बराल रहेका छन् भने घाइते हुनेमा पोखरा महानगरपालिका निवासी भुवन बराल रहेका छन्। घाइतेको उपचारको लागि काठमाडौं पठाइएको इलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ। गजुरी अस्पतालमा शव परीक्षणका लागि राखिएको छ। रासस

प्रकाशित मिति : १४ भदौ २०७८ सोमबार ००:००  १ : १६ बजे