२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

साफ आयोजनामा नेपालको प्रस्ताव पेश



काठमाडौं ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० ले १३ औं संस्करणको साफ च्याम्पियनसिप आयोजना गर्नका लागि औपचारिक रुपमा प्रस्ताव पेश गरेको छ ।

एन्फाले शनिबार साफ च्याम्पियनसिप आयोजनाका लागि दक्षिण एसियाली फुटबल महासंघ ९साफ० मा प्रस्ताव पेश गरेको हो । एन्फाले विस्तृत योजना तयार गर्दै साफ आयोजनाका लागि प्रस्ताव पेश गरेको हो ।

प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको बंगलादेशले कोभिड-१९ का कारण साफ गर्न नसक्ने जानकारी दिएपछि नेपालले आयोजनाको दाबी प्रस्तुत गरेको हो ।एन्फाले साफ आयोजनाको लागि कुल १० करोड रुपैयाँ खर्च हुने गरेको छ । जसमा सरकारले ५ करोड दिने निर्णय गरिसकेको छ।

नेपालले यसअघि दुई पटक साफ च्याम्पियनसिपको आयोजना गरिसकेको छ। नेपालले सन् १९९७ मा र २०१३ मा साफ च्याम्पियनसिपको आयोजना गरेको थियो।नेपालसँगै माल्दिभ्सले समेत साफ आयोजनाका लागि प्रस्ताव पेश गरेको छ । माल्दिभ्सले शनिबार नै प्रस्ताव पेश गरेको हो । साफ च्याम्पियनसिप अक्टोबरको पहिलो हप्ता आयोजनाको तयारी गरिएको छ।

प्रकाशित मिति : १७ श्रावण २०७८ आइतबार ००:००  ७ : २३ बजे