१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

चोरी भएको छिन्नमस्ता भगवतीको चाँदीको मुकुट भेटियो



सप्तरी ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा रहेको प्रसिद्ध छिन्नमस्ता खण्डेश्वरी भगवती मन्दिरमा चोरी भएको चाँदीको मुकुट फेला परेको छ । प्रहरीले आइतवार रातिदेखि मन्दिरबाट हराएको चाँदीको मुकुटसहित एक जनालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख राजेन्द्र प्रसाद धमलाले विष्णुपुर गाउँपालिका ५ मझाउ टोलका २६ वर्षीय राजेश कुमार मण्डललाई मुकुटसहित नियन्त्रणमा लिइएको बताउनु भएको छ । मण्डलले आफूले मुकुट चोरेको स्वीकार्दै विष्णुपुर गाउँपालिका तथा स्थानीय प्रहरी प्रशासनलाई जानकारी गराएका थिए ।

मण्डललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा लगिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद आचार्यले जानकारी दिनुभयो ।

मन्दिरका पुजारीहरु पोखरीको सरसफाइमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको थियो । घटनासँगै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको नेतृत्वमा प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेसहितको टोली त्यहाँ पुगेको थियो ।
चाँदीको मुकुटको खोजीका लागि भारतीय सीमानाका समेत बन्द गरिएको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७८ सोमबार ००:००  १० : २१ बजे