२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

२२३ जना शान्ति सैनिक सुडान प्रस्थान



काठमाडौं ।
नेपाली सेनाले २३३ सैनिकलाई शान्ति स्थापनार्थ दक्षिण सुडान पठाएको छ । अदली बदली नियमअनुसार सेनाले उनीहरूलाई सुडान पठाएको हो । नियमित प्रक्रियाअनुसार आज मिसन त्यसतर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ।​

कालीध्वज गण १० औं डफ्फालाई बदली गर्न प्रमुख सेनानी शिखर जबराको नेतृत्वमा श्रीजंग गण ११ औं डफ्फाका २३३ जना नेपाली शान्ति सैनिक यूएन चार्टर्ड फ्लाइटमार्फत आज बिहान मिसन इलाकातर्फ प्रस्थान गरेका हुन्।

दक्षिण सुडानबाट फर्कने शान्ति सैनिकहरू यही साउन २० देखि भदौ ३० गतेसम्म नेपाल आइपुग्ने नेपाली सेनाले जानकारी दिएको छ।

प्रकाशित मिति : १९ श्रावण २०७८ मंगलबार ००:००  १ : ०७ बजे