३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

‘केपी ओलीलाई दुर्वचन, मिथ्या र अपशब्दबाहेक केही आउँदैन’



काठमाडौं ।
वामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दुर्वचन बोल्न, मिथ्या कुरा गर्न र अपशब्द बोल्नबाहेक अरू केही नआउने आरोप लगाएका छन्। शुक्रबार साँझ मात्र नेकपा एमालेबाट राजीनामा दिएका गौतमले आइतबार एक विज्ञप्ति जारी गर्दै ओलीप्रति यस्तो आरोप लगाएका हुन्।

विज्ञप्तिमा उनले लेखेका छन्, ‘नेपालको सबैभन्दा ठूलो पार्टीका अध्यक्ष कमरेड केपी ओलीको मुखारविंदबाट दुर्वचन, अपशब्द र मिथ्याबाहेक अरू केही सुन्न नपाइने भयो।’

त्यस्तै गौतमले आफूले नेकपा एमाले छाडे पनि कम्युनिष्ट आन्दोलन नछाडेको पनि प्रष्ट पारेका छन्। उनले भनेका छन्, ‘मैले एमाले पार्टी छोडे पनि कम्युनिष्ट आन्दोलन छोडेको छैन। ख़्याल रहोस् भविष्यमा कतिपय मोर्चाहरूमा सँगै काम गर्न पनि पर्न सक्नेछ।’

शनिबार एमाले अध्यक्ष ओलीले गौतमलाई उपप्रधानमन्त्री बन्नकै लागि एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा लागेको आरोप लगाएका थिए।

प्रकाशित मिति : २० भदौ २०७८ आइतबार ००:००  ३ : ३२ बजे