३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

अमेरिकामा बालबालिकामा डेल्टा भेरियन्टको सङ्क्रमण बढ्यो



काठमाण्डौ ।

अमेरिकामा बालबालिकामा कोरोना भाइरसको डेल्टा भेरियन्टको सङ्क्रमण बढ्न थालेको छ। अस्पताल भर्ना हुने बालबालिकाहरुको सङ्ख्या बढ्दै गएको र उनीहरुमध्ये धेरैजसोमा डेल्टा भाइरस देखिएको अमेरिकी स्वास्थ्य अधिकारीले जनाएका छन् । नयाँ शैक्षिक सत्र सुरु भएको केही हप्तामै बालबालिकामा सङ्क्रमणको असर धेरै देखिन थालेको हो।

महामारी सुरु भएको सन् २०२० को अगस्टदेखि अहिलेसम्म झण्डै ५५ हजार बालबालिका अस्पताल भर्ना भएको अमेरिकाको केन्द्रीय स्वास्थ्य तथा मानव सेवा मन्त्रालयको तथ्याङ्क छ ।
अमेरिकामा देशभरि नै डेल्टा भेरियन्ट फैलिएको छ ।

प्रकाशित मिति : २६ भदौ २०७८ शनिबार ००:००  ९ : ०४ बजे