लिभरपुलद्धारा लिड्स युनाईटेड २-० ले पराजित


काठमाडौं ।

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ ।आइतबार राति भएको खेलमा लिभरपुलले १० खेलाडीमा सिमित लिड्स युनाईटेडलाई २(० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन मोहमद सलाह, फाबिन्हो र साडियो मानेले एक एक गोल गरे ।लिड्सको मैदानमा खेलको २० औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए ।

यससँगै सलाहले प्रिमियर लिगमा १०० गोल पूरा गरेका छन् ।खेलको ५० औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई २(० को अग्रता दिलाए ।

खेलको ६० औं मिनेटमा पास्कल स्ट्रूजीकले रातो कार्ड पाएपछि लिड्स १० खेलाडीमा समेटिएको थियो ।त्यसपछि खेलको इन्जुरी समयमा मानेले गोल गर्दै लिभरपुललाई ३(० को जित दिलाए ।

जितसँगै लिभरपुलले ४ खेलमा १० अंक जोडेको छ ।लिभरपुल लिगको तेस्रो स्थानमा रहेको छ ।लिड्स २ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस