टेलरद्धारा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा



काठमाडौं । जिम्बावेका पूर्व कप्तान ब्रेण्डन टेलरले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।

३४ वर्षीय टेलरले सामाजिक संजालबाट १७ वर्षे अन्तराष्ट्रिय क्रिकेट खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।

टेलरले आज सोमबार जिम्बावेका लागि अन्तिम अन्तराष्ट्रिय खेल खेल्नेछन् । आयरल्याण्डविरुद्धको तेस्रो एकदिवसीय अन्तराष्ट्रिय उनको जिम्बावेका लागि अन्तिम खेल हुनेछ ।

टेलर सन् २००४ देखि जिम्बावेको टिममा रहेका छन् ।

टेलरले जिम्बावेका लागि २ सय ४ एकदिवसीय अन्तराष्ट्रिय खेलमा ६ हजार ६ सय ७७ रन बनाएका छन् ।

उनले २४ टेस्टमा २ हजार ३ सय २० रन जोड्दा ४५ टी(ट्वान्टी अन्तराष्ट्रियमा ९ सय ३४ रन जोडेका छन् ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस