कपिलवस्तुका न्यौपानेलाई युवा संघ प्रदेश कमिटीमा सचिवको जिम्मेवारी


मायादेवी अनलाइन, वाणगंगा ।
युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको सचिवमा कपिलवस्तुका चन्द्रकान्त न्यौपाने सर्वसम्मत चयन हुनुभएको छ । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल लुम्बिनी प्रदेशको बाँकेको नेपालगञ्जमा सम्पन्न भेलाले न्यौपानेलाई सचिवको जिम्मेवारी दिएको हो ।
न्यौपाने लामो समय देखि बामपन्थी आन्दोलनमा सक्रिय रहदै आउनुभएको थियो भने युवा माझ लोकप्रिय मानिनुहुन्छ ।

रुपन्देही र काठमाण्डौँमा रहेर राष्ट्रिय मिडियामा हात हाल्नु भएका न्यौपानेले कपिलवस्तुबाट पत्रकारिता थाल्नु भएको थियो । रेडियो तथा टेलिभिजनमा राम्रो अन्तरवार्ताकारका रुपमा परिचित न्यौपानेको वाककला पनि राम्रो छ भने, आधा दर्जन बढी सामाजिक संघ संस्थामा समेत क्रियाशिल हुनुहुन्छ ।

देश विकासको जिम्मा अब युवाले लिनु पर्ने भन्दै आफु राजनीतिमा आएको न्यौपानेले बताउनुभयो । पछिल्लो एक दशक मुलुक अस्थिर राजनीतिमा गिजोलिँदा युवामा नैरस्यता उत्पन्न भएको भन्दै अब त्यसलाई चिर्न युवाहरु राजनीतिमा होमिनुको विकल्प नभएको उहाँको भनाई छ ।

अहिलेका सबै राजनैतिक दलमा पुरातन सोँच, सामन्ति प्रवृत्ति रहेको र जनताका जीविकामा कुनै परिवर्तन नल्याएका कारण अब समाजबादी क्रान्ति आवश्यक भएको उहाँको ठहर छ । अब यो काम केवल समाजबादी आन्दोलनबाट मार्फत् मात्र सम्भव हुने भएकाले एकपटक सबै युवा नेकपा एकिकृत समाजबादीमा होमिनु पर्ने उहाँले बताउनु भयो ।

आरोप प्रत्यारोपमा नलागी युवाहरु सामाजिक विकृति, विसंगति, भ्रष्टाचार, वेथिति, नेताका गलत कदममाथि जुझारु भएर लाग्न न्यौपानेले सबैमा आग्रह गर्नुभयो । प्रदेशभरका युवामाझ नयाँ कार्यक्रमसहित पुग्ने न्यौपानेले मायादेवीसंग बताउनु भयो ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस