८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

नेपाल निजामती कर्मचारी युनियनको कपिलवस्तु अध्यक्षमा आले



कपिलवस्तु ।

नेपाल निजामती कर्मचारी युनियन कपिलवस्तुको तौलिहवामा संपन्न आठौं अधिबेशनबाट झकबहादुर आले निर्बिरोध अध्यक्षमा निर्वाचित भएका छन । आलेको नेतृत्वमा कार्य समिति निर्बिरोधरुपमा चयन भएको निर्वाचन मण्डलका संयोजक प्रबीण श्रीवास्तवले बताए ।

समितीको खुला उपाध्यक्षमा नविन खनाल र महिला उपाध्यक्षमा धनीश्वरी बैजाली, समाबेशी अध्यक्षमा प्रभुनाथ यादव निर्वाचित भएका छन । सचिवमा राजेश सैनी, सह सचिवमा सुदीप प्रसाद मौर्य, कोषाध्यक्षमा शिव कुमार यादव रहेका छन ।

सदस्यहरुमा बृजेश यादव, मोहन केसी, अनिल कुमार चौधरी, संजीव कुमार सिंह, सुमित्रा भुसाल, साबित्रा चौधरी, पदमलाल घिमिरे, रमेश कुमार रेग्मी रहेका छन । महाधिबेशन प्रतिनिधिहरूमा धनञ्जय नेपाल, राम प्रसाद अधिकारी, निराजन लम्साल, रामकृष्ण तेली र सुर्य प्रसाद चापागाई छन ।

नव निर्वाचित अध्यक्ष आलेले कर्मचारीहरुको पेशागत हकहित र अधिकार स्थापनाकालागि आफु सधै लागि रहने बताए । अधिबेशनको कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले उद्घाटन गर्दै युनियका सदस्य र पार्टी बिच समन्वय हुनु पर्ने बताए ।

सो अवसरमा पर्वु मन्त्री दीपकुमार उपाध्याय, युनियनका केन्द्रिय अध्यक्ष गोपाल प्रसाद पोख्रेल, प्रदेश सदस्य रिना नेपाल, युनियनका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र प्रसाद अधिकारी, कांग्रेसका पूर्व जिल्ला सभापति सुधाकर पाण्डेय, बुद्धभूमि नगरपालिका मेयर केशव कुमार श्रेष्ठ, युनियनका सचिव गणेश भन्डारी लगायतले कर्मचारीहरुको समायोजन बिधेयक, संघीय निजामति ऐन समन्वय गरेर मात्र पारित गर्नु पर्ने बताए ।

प्रकाशित मिति : २८ भदौ २०७८ सोमबार ००:००  १० : २० बजे