८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

नुहाउन गएका प्रहरीको पोखरीमा डुबेर मृत्यु



झापा ।

झापामा एक प्रहरी जवानको पोखरीमा डुबेर मृत्यु भएको छ। झापाको कचनकवल गाउँपालिका वडा नम्बर १ स्थित प्रहरी चौकी पिन्डलवारीमा कार्यरत २५ वर्षीय प्रहरी जवान सरोज गिरीको पोखरीमा डुबेर मृत्यु भएको छ। उनी नुहाउन गएका थिए। उनको सोमबार पोखरीमा डुबेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार माछापोखरीमा डुबेर प्रहरी जवान गिरीको मृत्यु भएको छ।
कचनकवल वडा नम्बर १ स्थित अवध राजवंशीसहित ८ जनाको लगानीमा बनाइएको माछा पोखरीमा गिरी नुहाउन गएका थिए। नुहाउने क्रममा बेपत्ता भएपछि उनको खोजी गर्दा पोखरीमा मृत अवस्थामा फेला पारिएको थियो।
गिरी २०७३ साल भदौ १५ मा प्रहरी सेवामा प्रवेश गरेका थिए।

प्रकाशित मिति : २९ भदौ २०७८ मंगलबार ००:००  १ : ५१ बजे