१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

संविधान दिवसमा लियो क्लवद्धारा मैनवत्ति प्रज्वलन र मोटरसाइकल र्‍याली



मायादेवी अनलाइन, कपिलवस्तु ।
लियो क्लव अफ कपिलवस्तुले मैनवत्ति प्रज्वलन र मोटरसाइकल र्‍याली निकालेको छ । संविधान दिवसको अवसर पारेर धार्मिक तथा पर्यटकिय स्थलहरुलाई चिनाउन राष्ट्रिय झन्डासहितको मोटरसाईकल र्‍याली निकाली आइतबार साँझ मैनवत्ति प्रज्वलन गरिएको हो ।

क्लवको सचिवालय बाणगंगा वैरियादेखि देखि सुरु भएको र्‍याली कैलाश आश्रम नन्दनगर–सुपादेउराली मन्दिर–जगदिशपुर ताल, लक्ष्मणघाट–मधौलिया उद्यान–मधुवन धाम हुंदै बनगाई चोकमा पुगेर र्‍याली समापन गरिएको क्लवले जनाएको छ । र्‍यालीपछि स्थानीय श्री शान्ति सृजना युवासंग मिलेर साँझ मैनवत्ति प्रज्वलन गरिएको लियोका अध्यक्ष पाण्डव भण्डारीले जानकारी दिनुभयो ।

शान्ति क्लवका अध्यक्ष अध्यक्ष युग बहादुर के.सी को अध्यक्षता, लियोका सचिव लक्ष्मण सापकोटाको संचालन तथा कुशल पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष धातानन्द भुसाल, युवा क्लवका निवर्तमान अध्यक्ष मान बहादुर कार्की, राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटी सचिव महेन्द्र गिरी लगाएतका ब्यक्तिहरुको सहभागिता रहेको भण्डारीले बताउनु भयो ।

प्रकाशित मिति : ४ आश्विन २०७८ सोमबार ००:००  ३ : ५१ बजे