२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

नेकपा (एस) कपिलवस्तु पार्टी गठनमा तातियो, शिवराज ८ मा वडा कमिटी गठन



मायादेवी अनलाइन, चन्द्रौटा ।
नेकपा (एकिकृत समाजवादी) कपिलवस्तु संगठन विस्तारमा लागेको छ । जिल्लाको शिवराज नगरपालिकामा वडा कमिटी गठन गरी नेकपा (एस) संगठन विस्तारमा लागेको हो ।

शिवराज नगरपालिका वडा नं. ८ मा भएको वडा कमिटी बैठकले जमिल मुसलमानको अध्यक्षतामा २७ सदस्यिय वडा कमिटी गठन गरेको छ ।

नेकपा एकिकृत समाजवादीका कपिलवस्तु जिल्ला संयोजक लंका बहादुर हमालको प्रमुख अतिथ्यतामा भएको वडा कमिटी भेलाले मुसलमानका अध्यक्षतामा कमिटी चयन गरेको हो।

उक्त कार्यक्रममा नेकपा एकिकृत समाजवादीका प्रदेश कमिटी सदस्य अहमद अब्दुल रउफ, क्षेत्रीय संयोजक ओम प्रकाश कुर्मी, युवा नेता सरोज पौडेल, अर्जुन प्रसाद बेल्बासे लगायतको उपस्थित रहेको थियोे ।

प्रकाशित मिति : ५ आश्विन २०७८ मंगलबार ००:००  ९ : ५३ बजे