काठमाण्डौ ।
सर्लाहीका उखु किसानले गएको वर्ष बिक्री गरेको उखुको अनुदान रकम पाउन नसकेको गुनासो गरेका छन् । सरकारले गएको वर्ष उखुको मूल्य निर्धारण गर्दा उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने घोषणा गरेको थियो ।
उद्योगीबाट समयमै भुक्तानी नपाएर हैरान भएका किसानलाई सरकारले समेत बेलैमा अनुदान रकम नदिँदा थप समस्या भएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो ।
उहाँका अनुसार भुक्तानीको झन्झटले उखु उत्पादक किसान उखु खेतीबाट पलायन हुँदै अरु खेतीतर्फ लाग्न थालेका छन् । कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका निमित्त प्रमुख दामोदर पौडेलले अनुदान रकम वितरणका लागि दुई हप्ताअघि कार्यालयलाई २० करोड सात लाख रुपैयाँ बजेट प्राप्त भइसकेको जानकारी दिनुभयो ।







प्रतिक्रिया