१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सप्तरीमा भएको दुर्घटनामा एक जनाको ज्यान गयो



काठमाण्डौ ।

सप्तरीको खडक नगरपालिका–६ मा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । बा १४ च ६२७९ नम्बरको भ्यान र ना ३७ प ३८९४ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक पर्सा जिरा भवानी गाउँपालिका–३ का ३७ वर्षका शिवशक्ति चौधरीको ज्यान गएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ५ आश्विन २०७८ मंगलबार ००:००  १ : ३३ बजे