७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बाढी डुबान प्रभाबित परिवारलाई खाद्यान्न सामाग्री राहत सहयोग



बिनोद भट्टराई, मायादेवी अनलाइन ।

गत महिना परेको अबिरल बर्षाका कारण आएको बाढीले प्रभावित भएका वाणगंगाका १ सय २६ घरधुरीका पिडीत परिवारलाई खाद्यान्न सामाग्री तथा राहत वितरण गरिएको छ । आईजीएफएफ, डब्लुएफडीएम र डब्लुएचडीआरआरपीको सहयोग तथा सिद्धार्थ सामाजिक बिकास केन्द्रको साझेदारी र बाणगंगा नगरपालिकाको समन्वयमा खाद्याान्न सामग्री राहत बितरण गरिएको हो ।
बाणगंगा नगरपालिका वडा नं ११ बरवा स्थीत एक कार्यक्रमको आयोजना गरी बाढी डुबान प्रभावितहरु जेष्ठ नागरिक, अत्ति बिपन्न र सुत्केरी महिलाहरुलाई प्रदेश संसद बिष्णु पन्थी मार्फत राहत बितरण गरिएको हो । राहतमा प्रति ब्यक्ती ४१ किलो चामल, २ किलो दाल, २ लिटर तेल र २ किलो नुन साथै प्रति ब्यक्तीलाई २ पिसका दरले साबुन सहयोग गरिएको सिद्धार्थ सामाजिक बिकास केन्द्रकी उपाध्यक्ष सुर्य कुमारी शाहीले बताउनुभयो । राहत वडा नं. ३ का ३० जना , वडा नं. ४ का १८ जना, वडा नं. १० का २५ जना र वडा नं. ११ का ५३ परिवारलाई राहत सहयोग गरिएको हो ।
यस्तै राहत बितरण कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रेदेश सांसद बिष्णु पन्थीले बाढी प्रभावित परिवारहरुलाई सहयोग गर्ने आईजीएफएफ , डब्लुएचडीआरआरपी , डब्लुएफडीएम संस्था र साझेदारी गर्ने सिद्धार्थ सामाजिक बिकास केन्द्रलाई धन्यबाद दिनुभयो । हामीहरुका लागि यो सहयोग सामान्य भएपनि समस्यामा परेका परिवारहरुलाई यो सहयोग ठुलो भएको सांसद पन्थीले बताउनु भयो ।
नजिकिर्दै आएको चाडपर्बहरुमा समेत यो सहयोगले समस्यामा परेका पीडीत परिवारहरुलाई राहत मिल्ने छ भन्दै दैबि प्रकोपलाई कसैले पनि रोक्न नसकिने भएको हुँदा राहात लिन आएका बाढी प्रभावितहरुलाई सान्त्वना दिंदै आफुले राहत सहयोगका लागि सक्दो पहल गरिरहेको जनाउनु भयो ।
यसैगरी वडा नं. ३ का वडा अध्यक्ष सन्तराम थारु , वडा नं. ११ की वडा सदस्य ईमकला केसी र वडा नं. १० का वडा सदस्य राम नक्षेत्र चैधरीले एक्कासी भएको अबिरल बर्षाका कारण आएको बाढीले धेरै क्षेती पु¥याएको बताउनु भयो । बाढी प्रभावितहरुलाई सहयोग गर्ने संस्था र साझेदारी गर्ने सिद्धार्थ सामाजिक बिकास केन्द्रलाई धन्यवाद दिंदै यस्ता प्रभावितहरुलाई अन्य संघ संस्थाहरुबाट पनि सहयोगको आबश्यकता भएको बताउनु भयो ।
राहत बुझ्दै वडा नं. ११ की उर्मिला थारु, वडा नं. १० की सुभावती चौधरी र सिकारी थारु लगाएतले बिहान र साँझ के खाउँ भन्ने परिस्थीती भएको बेलामा संस्थाले यती धेरै सहयोग गरेको भन्दै धन्यबाद दिएका थिए । राहत बितरण कार्यक्रममा सिद्धार्थ सामाजिक बिकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्यको अध्यक्षता संस्थाका बरिष्ठ कार्यक्रम अधिकृत आरटी खानको संचालनमा सम्पन्न भएको थियो । सोही अवसरमा ५० जना सुनौला हजार दिनका महिलाहरुलाई १।१ वटा मेक्सी र १।१ वटा पेटीकोट युएनओमनको सहयोगमा सहयोग गरिएको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०७८ मंगलबार ००:००  ९ : २१ बजे