१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

लागु औषध दुर्व्यसन विरुद्ध सचेतनामा अभियानमा विप्लव निकट युवा संगठन कपिलवस्तु



मायादेवी अनलाइन, चारनम्बर ।
नेपाल कम्युनिस्ट पार्टी निकट संगठन युवा संगठन नेपाल कपिलवस्तुले लागू औषध दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम कपिलवस्तुको जितपुर ४ न मा सम्पन्न गरेको छ । केन्द्रिय कार्यक्रम अन्तर्गत जिल्लाको जीतपुर चोकमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेकपाका युवा संगठन नेपाल केन्द्रिय सदस्य तथा लुम्बिनी ब्युरो संयोजक बिश्षणले वर्तमान दलाल संसदीय व्यवस्थाले युवाहरूलाई लागू औषधको भुमरीमा फसाएर आफूहरू सत्ता र कुर्चीको लडाइँमा लिप्त रहेको आरोपलगाउनु भयो । देशमा बेरोजगार, भ्रष्टाचार, महँगी, अशिक्षाका कारण युवाहरू लागू औषध दुव्यर्सनीमा फसेको भन्दै विश्वासले यसका विरुद्ध आफ्नो पार्टीले देशव्यापी रुपमा निर्मम सङ्घर्ष गरिरहेको बताउनु भयो ।

देश अनिश्चयको खाडलतिर धकेलिरहेको बताउनु भयो । उहाँले देशमा सामन्तवादको अन्त्य भए पनि सामन्तवादी चिन्तन भएका दलालहरूले देशलाई विदेशीको क्रिडास्थल बनाउन खोजेको विचार व्यक्त गर्नु भएको थियो ।

उहाँले राष्ट्रघाती एमसीसी सम्झौता कुनै पनि हालतमा पास गर्न नदिने र वर्तमान दलाल राज्यसत्ताबाट युवाहरूको निकास सम्भव नरहेको भन्दै वैज्ञानिक समाजवादी राज्यसत्ता निर्माण गर्नुपर्ने बताउनु भयो । उक्त कार्यक्रम नेता तथा कार्यकर्ता, युवा, बुद्धिजीवी, पत्रकार, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७८ बुधबार ००:००  ७ : ४६ बजे