१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सर्पले टोक्दा सप्तरीमा दिदी–भाइको ज्यान गयो



सप्तरी ।

सप्तरीको खडक नगरपालिकामा सर्पले टोकेर एकै परिवारका दिदी–भाइको ज्यान गएको छ । सर्पले टोकेर नगरपालिकाको वडा नम्बर २ सिस्वाबेल्हीका १४ वर्षीया सुनिता मण्डल र उहाँका भाइ नौ वर्षीय कृष्णको ज्यान गएको प्रहरीले जनाएको छ । घरमा राति सुतेको ठाउँमा सर्पले टोकेपछि उनीहरूलाई अस्पताल लगिएको थियो ।

सुनिताको उपचारका क्रममा सिरहाको लहानमा रहेको रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा ज्यान गएको र कृष्णको राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा ज्यान गएको सप्तरीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० एवम् प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ६ आश्विन २०७८ बुधबार ००:००  ४ : ३५ बजे