१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तुबाट २२६ क्वीन्टल केराउसहित ६ वटा भारतीय ट्रक बरामद



कपिलवस्तु ।
प्रहरीले नेपालबाट भारत निकासी गर्न लागिएको २२५ क्वीन्टल हरियो केराउसहित ६ वटा मालबाहक भारतीय ट्रक बरामद गरेको छ। कपिलवस्तु कृष्णनगर नगरपालिका(१ र २ बाट प्रहरीले बुधबार राति भारतीय ट्रक र हरियो केराउ बराबद गरेको हो। बरामद भएका ट्रकमा युपी ३५ टी २४५३, युपी५३टी ३६५८, युपी७१टी ११८४, युपी५५टी १२५४ ऽ युपी५५टी ०९६६ र युपी७८एटी ८८२५ नम्बर छन्। कृष्णनगर चन्द्रौटा खण्डको पूर्वकिनारमा रहेका ती ट्रक भारततर्फ हिँडेका थिए। बरामद भएको केराउ र ट्रक कारबाहीका लागि बिहीबार राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।

केराउ तेस्रो मुलुकबाट निकै सस्तो मूल्यमा नेपाल आउने गरेको छ। त्यही केराउ व्यापारीले भारतीय बजारमा पुर्‍याएर महंगोमा बिक्री गर्ने गरेका छन्। तेस्रो देशबाट आयातित वस्तु पुनस् भारत निकासी गर्न प्रतिबन्ध छ।

प्रकाशित मिति : ८ आश्विन २०७८ शुक्रबार ००:००  ९ : ४४ बजे