७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

तोलामा ६०० रुपैयाँ घट्यो सुनको मूल्य




काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य ६०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघअनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ रहेको छ। बिहीबार ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै‚ आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० कायम गरिएको छ। बिहीबार प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार चाँदीको मूल्य बिहीबारका तुलनामा शुक्रबार प्रतितोला पाँच रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भएकामा शुक्रबार एक हजार १६० रुपैयाँ तोकिएको हो।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ। अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔँस एक हजार ७५१ दशमलव ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। जुन समय समयमा परिवर्तन भइरहन्छ।

प्रकाशित मिति : ८ आश्विन २०७८ शुक्रबार ००:००  १२ : ५४ बजे