१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गुल्मीवाट निर्वाचन लड्ने रामकुमारी झाँक्रीको घोषणा



काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा गुल्मीबाट लड्ने घोषणा गर्नुभएको छ । पार्टीको केन्द्रीय सचिव भएको भोलिपल्ट शुक्रबार गुल्मी काठमाडौ सम्पर्क मञ्च भेला आयोजक कमिटीले काठमाडौंको थापागाउँमा गरेको कार्यक्रमलाई सम्वोधन गदै उहाँले अब आफ्नो निर्वाचन क्षेत्र गुल्मी हुने वताउनुभएको हो ।

लामो समयदेखि राजनितिमा सक्रिय रहेपनि गुल्मीलाई आफुले कहिल्यै आफ्नो भुगोल बनाउने अवसर नै नपाएको नेतृ झाँक्रीले दाबी गर्नुभयो । ‘म जब राजनीतिमा सक्रिय रहे उहाँले भन्नुभयो, गुल्मीमा रामकुमारीले आफ्नो भुगोल बनाउँछ भन्दै अवसरवादीहरुले सधै निषेध गरेकाले गुल्मीलाई आफ्नो निर्वाचन क्षेत्र बनाउन सकिन ।’

पार्टीका केन्द्रीय सदस्यहरुलाई जिल्लाको इन्चार्ज बनाउने विधि प्रद्वति भएपनि गुल्मीको माटोमा जन्मेकी रामकुमारी झाँक्री केन्द्रीय सदस्य हँुदा समेत जिल्लाको इन्चार्ज त्यो जिम्मेवारी पूरा गर्ने अवसर समेत केपी ओलीले नदिएको उहाँले बताउनुभयो ।

उहाँले आफू मात्रै नभएर गुल्मीमा हिमाल थापा, श्रीराम महत जस्ता सयौं युवा नेताहरु पनि निर्वाचन लड्न तयार रहेको बताउनुभयो । दुई–दुई पटक ससंदको हत्या गर्ने पार्टीसँग संविधानको रक्षा गरेर अगाडि बढेको नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरु निर्वाचन लड्ने उहाँको भनाई थियो ।

प्रतिनिधि सभा सदस्य समेत रहनुभएकी नेतृ झाँक्रीले एमालेका मान्छेहरु अब के भनेर ससंदको निर्वाचनमा भाग लिन्छन त्यो हेर्न बाँकी रहेको बताउनु भयो ।

‘के उनीहरु हामीलाई भोट दिनुस, ६ महिनामा ससंद विघटन गरेर आउछौ भन्दै भोट माग्लान त ? उहाँले अगाडि भन्नुभयो, ‘सविधानको धज्जि उडाउने केपी ओली कम्पनीको एमालेलाई ससंदको निर्वाचनमा मत माग्ने नैतिक अधिकार समेत छैन् ।’

माधव नेपाललाई बोकेर विद्रोह गर्न लगाउने १० जना नेताहरु सवैभन्दा बढी अवसरवादी भएको उहाँले आरोप लगाउनुभयो । विचार र सिद्धान्त विनाको चिन्हले निर्वाचन जित्ने दाउमा रहेका अवसरवादीहरुलाई आगामी निर्वाचनमा जनताले देखाइदिने उहाँको दावी थियो । निर्वाचनमा जाने उहाँहरुका कुनै योजना नै नभए बताउनुभयो ।

प्रकाशित मिति : ९ आश्विन २०७८ शनिबार ००:००  ७ : ०१ बजे