३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

नेकपा (एस) अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ



काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बिरामी परेका छन्। भाइरल ज्वरो आएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षणका लागि गएका छन्।

अहिले पनि उनी अस्पतालमै छन्। भर्ना हुने नहुने केहीबेरपछि थाहा हुने उनीनिकट स्रोतले भन्यो।

‘भाइरल ज्वरो आएपछि उहाँ स्वास्थ्य परीक्षणको लागि आउनु भएको हो’, स्रोतले भन्यो,‘आज अस्पतालमा बस्न पनि सकिन्छ, नबस्न पनि। यसबारे केहीबेरमा थाहा हुनेछ।’

प्रकाशित मिति : १३ आश्विन २०७८ बुधबार ००:००  ८ : २७ बजे