काठमाण्डौ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्यमा समस्या देखिएपछि हिजो उहाँलाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो । नेपाललाई ज्वरो आउनुका साथै खोकी लागेको उहाँका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो । नेता नेपालको उपचारमा वरिष्ठ छाती रोग विशेषज्ञ डाक्टर सन्तकुमार दाससहितको टोली खटिएको छ ।







प्रतिक्रिया