२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

असहिष्णु नबन्न ओलीलाई विश्वप्रकाशको सुझाव



काठमाडौं ।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संवादमा आउन आग्रह गरेका छन् । संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने प्रयासस्वरुप प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक ओलीले बहिस्कार गरेपछि उनले ओलीलाई असहिष्णु नबन्न आग्रह गरेका हुन् । शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, सर्वदलीय बैठकमा फरक मत राख्न सकिन्छ िसाझा मत निर्माणको प्रयत्न गर्न सकिन्छ सुसंस्कृत राजनीतिले सँगै बसेर समाधान खोज भन्छ, बहिष्कार गरेर एकल मञ्चबाट असहिष्णु बात गर भन्दैन िश्रद्धेय केपी शर्मा ओलीज्यू, द्वन्द्वको हल हठ होइन संवादले खोजौँ िगतिरोधले गिराउँदो छविप्रति गम्भीर बनौँ
ि
नेकपा एमालेले निरन्तर संघीय संसद् बैठक अवरुद्ध गर्दै आइरहेको छ । संसद्को गतिरोध अन्त्यका लागि सभामुख अग्नि सापकोटाले पनि सर्वदलीय बैठक बोलाएका थिए । सो बैठक पनि एमालेले बहिस्कार गरेको थियो । नेकपा एमालेले कारवाही गरेका १४ सांसदलाई मान्यता दिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीविरुद्ध सर्वोच्चमा मुद्दा रहेकाले उक्त पार्टी सहभागी हुने बैठकमा नजाने बताउदै आएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८ बिहिबार ००:००  ५ : २१ बजे