११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

माधव नेपालको स्वास्थ्यमा क्रमिक सुधार



काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि, शिक्षण अस्पतालमा बुधबार भर्ना गरी उपचारका क्रममा रहेका छन् ।

अध्यक्ष नेपाल स्वास्थ्यमा सुधार आएपछि सामान्य कुरा गर्न थालेका छन् । नेकपा एकीकृत समाजवादी का नेता जीवनराम श्रेष्ठले अध्यक्ष नेपालको स्वास्थ्यमा क्रमिक सुधार आएको जानकारी दिए । अध्यक्ष नेपाललाई केही दिनमै अस्पतालबाट डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । वरिष्ठ छाती रोग विशेषज्ञ डा।सन्तकुमार दाससहितको टोली पूर्वप्रधानमन्त्री नेपालको उपचारमा संलग्न छ । रासस

प्रकाशित मिति : १४ आश्विन २०७८ बिहिबार ००:००  ५ : २५ बजे