४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

तीन दिनसम्म लगातार घटेको सुनको भाउ बढ्यो



काठमाडौं ।

नेपाली बजारमा तीन दिनसम्म घटेको सुनको भाउ बढेको छ । हिजो बिहीबार ८८ हजार ७०० रुपैयाँ प्रतितोलामा किनबेच भएको छापावाल सुनको भाउ आज ९०० रुपैयाँले बढेर ८९ हजार ६०० रुपैयाँ पुगेको हो । तेजाबी सुनको भाउ पनि प्रतितोलामा ९०० रुपैयाँले नै बढेर ८९ हजार १५० रुपैयाँ पुगेको छ । हिजोको तुलनामा आज चाँदीको मूल्य पनि बढेको छ । हिजो १ हजार १२० रुपैयाँमा किनबेच भएको चाँदीको भाउ आज २० रुपैयाँले बढेर १ हजार १४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
सुनको मूल्य मंगलबारदेखि लगातार घटिरहेको थियो भने चाँदीको मूल्य पनि घट्दो क्रममा नै थियो ।

प्रकाशित मिति : १५ आश्विन २०७८ शुक्रबार ००:००  ११ : ३३ बजे