५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बग्दीको सगरमाथा सहकारीलाई एक करोड अनुदान, यस्तो हुँदैछ काम



मायादेवी अनलाइन, शुद्धोधन ।
सगरमाथा कृषि सहकारी संस्थाको सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ बग्दीमा रहेको सहकारीले आर्थिक वर्ष २०७९/०५/३० गतेभित्र सम्पन्न गर्ने गरी एक करोड अनुदानमा स्वच्छ दूध उत्पादनका लागि उन्नत गाई भैंसी पालन ब्यवसाय कार्यक्रम संचालन गर्दै छ ।

सोही कार्यक्रम अन्तरगत संचालन हुने कार्यक्रमबारे जानकारी गराउन शुक्रबार सार्वजनिकीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि विकेन्द्रीकृत इकाई बुटवलका प्रमुख डा. गान्धीराज उपाध्यायले शहरको पैसा गाउँमा ल्याउने माध्यम पशुपालन र कृषि नै भएको बताउनुभयो ।

उहाँले शुद्धोधनलाई पशुपालनको पकेट क्षेत्र बनाउने गरी लाग्नुपर्नेमा जोड दिनुभयो । गाईभैसी ल्याउदा उन्नतजातको ल्याउनुका साथै गोठ बनाउदा पनि मापदण्ड अनुरुपकै बनाउन उहाँले सुझाव दिनुभयो । आयोजनालाई तोकिएको समयमा सम्पन्न गर्न उहाँको आग्रह छ ।

कार्यक्रममा सहकारीको प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष नेत्रलाल खनालले संस्थालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । सहकारीले विभिन्न चरणहरु पार गर्दै आएको भन्दै अझै पनि कृषकहरुका लागि गर्नुपर्ने कामहरु बाँकी नै रहेको बताउनुभयो ।

कार्यक्रममा शुद्धोधन गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष तिलकराम यादव, पशुविकास शाखा प्रमुख मणि प्रसाद गैरे लगाएतले बोल्दै कार्यक्रमलाई गाँउपालिकाले पूर्ण सहयोग गर्ने बताउनुभयो ।

नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय नेपाल लाईभ सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत इकाइ बुटवलले उक्त कार्यक्रमका लागि १ करोड अनुदान रकम प्रदान गर्दै छ । सहकारीको एक करोड र अनुदानको एक करोड गरी कुल २ करोडमा सम्पन्न हुने उक्त आयोजनाबाट ४५ जना महिला र ९७ पुरुष गरी १४२ जना लाभान्वित हुने छन् ।

दुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुध उत्पादन तथा उत्पादकत्व बृद्धि गर्दै सहकारीका सदस्यको आयस्तरमा बृद्धि गर्ने कार्यक्रमको मुख्य उद्धेश्य रहेको सहकारीले जनाएको छ । कार्यक्रम अन्तरगत सुधारिएको गोठ निर्माण, उन्नत जातका घास लगाउने, उन्नत जातका गाई भैसीपालन गरी दुध उत्पादन बृद्धि गर्ने लगाएत छन् ।

सहकारीका उपसचिव दुर्गा प्रसाद न्यौपानेको स्वागत मन्तब्य रहेको कार्यक्रम सचिव शुभाखर भुसालको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : १६ आश्विन २०७८ शनिबार ००:००  ६ : १३ बजे