४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

शिवराज– ७ मा एकीकृत समाजवादीको वडा कमिटी गठन



मायादेवी अनलाइन, चन्द्रौटा ।
नेकपा (एकीकृत समाजवादी) शिवराज नगरपालिका– ७ को वडा भेलाले शहबुद्दिन मुसलमानको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

जिल्लामा एकीकृत समाजवादीले संगठन विस्तारलाई तिव्रता दिइरहेको बेला साविक जवाभारी गाविस हालको शिवराज ६ मा पनि वडा कमिटी गठन भएको हो ।

वडा कमिटी गठनमा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य प्रमुख अतिथी प्रदेश सदस्य अहमद अब्दुल रउफ, जिल्ला अध्यक्ष लंका बहादुर हमाल, नेपाल जातीय मुक्ति संगठनका केन्द्रिय उपमहासचिव मिना परीयार, जिल्ला नेता जिवलाल पौडेल, लिलामनी आचार्य लगायतको उपस्थिति रहेको थियो ।

नगर अध्यक्ष सरोज पौडेलको अध्यक्षतामा रहेको उक्त कार्यक्रम ओम प्रकाश कुर्मीको सन्चालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २५ आश्विन २०७८ सोमबार ००:००  ७ : १८ बजे