२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

टोटेनहमविरुद्ध युनाईटेडको फराकिलो जित, चम्किए रोनाल्डो



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले सहज जित निकालेको छ ।शनिबार राति भएको खेलमा युनाईटेडले टोटेनहमलाई ३-० गोल अन्तरले हराएको छ ।

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो नायक बनेपछि युनाईटेडले सहज जित निकालेको हो । खेलको ३९ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।

ब्रुनो फर्नान्डेजको पासमा रोनाल्डोले उत्कृष्ट गोल गरेका थिए ।खेलको ६४ औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाईटेडलाई २-० को अग्रता दिलाए । उनले रोनाल्डोको पासमा गोल गरेका हुन् ।

त्यसपछि खेलको ८६ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दै युनाईटेडलाई ३-० को जित दिलाए ।

जितसँगै युनाईटेड लिगको पाँचौं स्थानमा उक्लिएको छ । युनाईटेडले १० खेलमा १७ अंक जोडेको छ ।टोटेनहम १५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८ आइतबार ००:००  ६ : ११ बजे