१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

अनेरास्ववियू गण्डकी प्रदेशले उत्पादनसँग जोडिन कृषि फर्म खोल्ने



काठमाडौं ।
अनेरास्ववियू गण्डकी प्रदेश कमिटीको अध्यक्षमा ठाकुर पराजुली चयन भएका छन् । प्रदेश कमिटीको पहिलो बैठकले पराजुलीको नेतृत्वमा १५१ सदस्यिय कमिटी गठन भएको हो ।

कमिटीको उपाध्यक्षमा एकराज आचार्य, प्रखर लामिछाने, सचिन लुइँटेल, सन्तोष तिवारी चयन भएका छन् । सचिवमा गोबिन्द महत चयन हुँदा सह सचिवमा मन्जिला नेपाली, अनिल बस्नेत, नव दुर्गा कडेल, विवेक मानुष, ईश्वर पोखरेल छानिएका छन् । कोषाध्यक्षको जिम्मेवारी भने रुसि थापाले पाएकी छिन् ।

कार्यक्रममा नेकपा९एस०का केन्द्रिय सदस्य तथा अनेरास्ववियूका सह ईञ्चार्ज मोहन गौतम, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली लगायतको उपस्थिति थियो । बैठकले प्रदेशका जिल्लाहरुमा कात्तिक भित्र संगठन बनाईसक्ने निर्णय गरेको छ ।

साथै, निजी विद्यालयहरुको मनपरी शुल्क असुली विरुद्ध आन्दोलन गर्ने निर्णय पनि गरेको छ । अनेरास्ववियूलाई उत्पादनसँग जोड्न नवलपुरमा अखिल कृषि फर्म स्थापना गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८ सोमबार ००:००  ७ : ०० बजे