२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवाको मृत्यु



बुटवल ।
रुपन्देहीमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको मायादेवी गाउँपालिका–८ मायादेवी चोकस्थित सडकमा लु५० प ६०३१ नम्बरको मोटरसाइकललाई ना ३ ख ४२१९ नम्बरको ट्रकले आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक परिचय नखुलेका करिब २५ वर्षीय पुरुषको मृत्यु लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८ सोमबार ००:००  १ : ०७ बजे