३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

लोकतन्त्र जोगाउन नयाँ पार्टी गठन भएको होः नेता खतिवडा



भक्तपुर ।
नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले लोकतन्त्र जोगाउन नेकपा ९एमाले०मा विद्रोह गरी नयाँ पार्टी निर्माण गरेको बताएका छन् ।

युवा सङ्घ नेपाल भक्तपुर जिल्ला कमिटीले आज ठिमीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “एमाले नीति र सिद्धान्त प्रधान भएर चलेन, व्यक्ति प्रधान भएर चल्यो, पार्टी जिन्दावादको नारा लाग्न छाड्यो, व्यक्तिको जयजयकारको नारा लाग्न थाल्यो, त्यसैले स्वतन्त्र, स्वाभिमानी र समाजवादीका लागि लड्दै आएकाले नयाँ पार्टी गठन गर्यौं ।”

नेता खतिवडाले पार्टीको सङ्गठन विस्तारका लागि देशव्यापी अभियान चलाउनुपर्नेमा जोड दिदैं आगामी निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) पार्टी सबैभन्दा ठूलो हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा एकीकृत समाजवादी नेता डा राजेन्द्रमान श्रेष्ठ, युवा सङ्घका केन्द्रीय अध्यक्ष नरेश शाही, एकीकृत समाजवादी जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेत, युवा सङ्घका नेता दीपक थापालगायतले पार्टी विस्तारको काममा सबैलाई एक ढिक्का भएर लाग्न आग्रह गरे ।

प्रकाशित मिति : १७ कार्तिक २०७८ बुधबार ००:००  ६ : ३२ बजे