८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

स्ववियु सिद्धार्थद्धारा लोक गीत प्रतियोगीता र शुभकामना आदानप्रदान



मायादेवी अनलाइन, वाणगंगा ।
सिद्धार्थ क्याम्पस कपिलवस्तुको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले लोक गीत प्रतियोगीता, चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरेको छ ।

नेपालीहरुको दोस्रो महान चाड तिहारको अवसरमा सिद्धार्थको स्ववियुले आफ्नो मौलिक संस्कृति संरक्षण र खुशीयाली साटसाट गर्ने उद्धेश्यले लोक गीत प्रतियोगीता र शुभकामना आदान प्रदान गरेको हो ।

प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे, क्याम्पस सञ्चालक समितिका अध्यक्ष झविलाल पोख्रेल, उपाध्यक्ष रवि बहादुर काफ्ले, क्याम्पस प्रमुख खेमराज शर्मा, अनेरास्ववियुका जिल्ला सह संयोजक दयाराम पौडेल, अनेरास्ववियूका जिल्ला अध्यक्ष दिपक अनुरागी, अखिल (क्रान्तिकारी)का जिल्ला इन्चार्ज विज्ञान क्षेत्री लगायतको उपस्थितिमा क्याम्पसमा अध्यापनरत प्रध्यापक र विद्यार्थीहरु बीच सांस्कृतिक कार्यक्रमका साथ स्ववियुले शुभकामना आदानप्रदान राखेको थियो ।

कार्यक्रममा क्याम्पसमा अध्ययरत विद्यार्थीहरुले मौलिक संस्कृति जगेर्ना स्वरुप लोक गीत मार्फत आफ्नो प्रतिभा देखाएका थिए । जसमा कोपिला गिरी प्रथम हुँदै नगद रु दुई हजारसहित सम्मान पत्र पाउनुभएको थियो ।

उक्त अवसरमा एमफिल पास गर्ने दुई जना उप प्रध्यापक उज्ज्वल अधिकारी र इन्द्रमणी पाण्डेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले विधार्थीहरुलाई लगनशील भएर अध्ययन गर्न आग्रह गर्दै सिद्धार्थ क्याम्पसका विद्यार्थीहरुसंग अन्तर्रक्रिया गर्न चाहेको बताउनुभयो ।

प्रजिअ पाण्डेले आफुले विद्यार्थी जीवनमा अनुभव गरेका कुराहरु सुनाउँदै निरन्तर परिश्रम गरे एकदिन अवश्य सफल हुने बताउनुभयो ।

स्ववियु सभापति सुशील खत्रीले विद्यार्थीको हकअधिकारको लागि आफु निरन्तर लागि परेको बताउनुभयो । क्याम्पससंग विद्यार्थीको हक अधिकारको पक्षमा निरन्तर संघर्ष गरेको भन्दै क्याम्पसलाई अझ राम्रो बनाउन रचनात्मक रुपमा भूमिका खेल्ने बताउनुभयो ।

प्रकाशित मिति : १८ कार्तिक २०७८ बिहिबार ००:००  १२ : ४२ बजे