३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

चन्द्रागिरिबाट ४ लाख ४३ हजार नगदसहित १६ जुवाडे पक्राउ



काठमाडौं ।

काठमाडौंको चन्द्रागिरिबाट १६ जना जुवाडे पक्राउ परेका छन्। चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ पुरानो नैकापस्थित शंकर थापाको घरबाट १६ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

जुवा तास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीको टोलीले १६ जनालाई शनिबार राति पक्राउ गरेको हो।
उनीहरूबाट चार लाख ४३ हजार ३ सय रुपैयाँ बरामद गरेको छ। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २१ कार्तिक २०७८ आइतबार ००:००  १२ : १४ बजे