३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

बन्द गराउँदै हिँडेका ११ जना पक्राउ



दमौली ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा खटिएका नेपाल कम्युनिष्ट पार्टीका ११ जना कार्यकर्ता दमौलीबाट पक्राउ परेका छन्। आज बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका नेत्रविक्रम चन्द विप्लवनिकट सो पार्टीका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो।

ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओम पन्त, मजदुर जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारी जिल्ला सचिव शिव सदाशङ्करलगायत पक्राउ परेको सो पार्टीका जिल्ला इञ्चार्ज पूर्णजित पुनले बताए। पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न उनले माग गरे। बन्दका कारण दमौली बजार बिहानैदेखि सुनसान छ। रासस

प्रकाशित मिति : ३० कार्तिक २०७८ मंगलबार ००:००  ८ : ४२ बजे