९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

ट्याक्टर पल्टदा मोरङमा २ जनाको मृत्यु



मोरङ ।
बेलबारी नगरपालिका ५ कसेनिमा ट्याक्टर पल्टदा सवार २ जना सह चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रंगेली नगरपालिका १ का २२ वर्षीय विजय हेमरन र १५ वर्षीय अबिनाश मनण्डी रहेका छन्।

हिजो बेलुका ८ बजे को २ त।८६८८ नम्बरको ट्याक्टरले ईन्द्र दर्जीको खेत जोती बाटोमा निस्कने क्रममा उक्त ट्याक्टर पल्टिदा घाइते भएका दुवै जनाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा राति साढे १० बजे मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

ट्याक्टर र चालक रंगेली नगरपालिका १ का २७ वर्षीय आइति सतार टुडु इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३० कार्तिक २०७८ मंगलबार ००:००  १२ : ३४ बजे