३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

फिफा वर्ष खेलाडी २०२१ को मनोनयनमा कोको परे ?




एजेन्सी ।
फिफाले वर्ष खेलाडी २०२१ को मनोनयन सार्वजनिक गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार ‘द वेस्ट फिफा’ अवार्डको मनोनयन सार्वजनिक गरेको हो।

फिफाले सार्वजनिक गरेको मनोनयनको मध्ये पुरूषतर्फ साविक विजेता रोबर्ट लेवान्डोस्कीसहित ११ खेलाडी परेका छन् ।महिलातर्फ १३ खेलाडी मनोनयनमा परेका छन् । महिला प्रशिक्षकतर्फ ५ जना र पुरुष प्रशिक्षकतर्फ ७ जना मनोनयनमा परेका छन् । महिला र पुरुष गोलकिपरतर्फ समान ५ जना मनोनयनमा परेका छन् ।

मनोनयनमा पर्ने पुरूष खेलाडीहरू

लेवान्डोस्की, क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी, केलियन एमबाप्पे, नेयमार र मोहमद सलाह, करिम बेन्जिमा, केभिन डे ब्रुएन, अर्लिङ हालाण्ड, जोर्गिन्हो, एन्गालो कान्टे छन्।

मनोनयनमा पर्ने महिला खेलाडीहरू

स्वीडेनकी स्टिना ब्लाकस्टेनियस, स्पेनकी आइटाना बोनमाटी, इङ्ल्याणकी लुसी ब्रोन्ज, स्वीडेनकी म्याग्डालेना एरिक्सन, नर्वेकी क्यारोलिन ग्राहम ह्यान्सेन, डेनमार्ककी पेर्निल हार्डर, स्पेनकी जेनिफर हर्मोसो, कोरियाकी जी सोयुन, अष्ट्रेलियाकी साम केर, नेदरल्याण्डकी भिभियान मिडेमा, स्पेनकी एलेक्सिया पुटेलास, क्यानडाकी क्रिस्टीन सिन्क्लेयर र इङ्ल्याण्डकी एलेन ह्वाइट छन्।

फिफाले सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर्ष खेलाडी घोषणा गर्ने गर्छ ।भोटिङको समय १० डिसेम्वरसम्म रहेको छ। फिफाले विजेताको नाम १७ जनवरीमा घोषणा गर्नेछ।

प्रकाशित मिति : ७ मंसिर २०७८ मंगलबार ००:००  ७ : २४ बजे