३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

श्रममन्त्री श्रेष्ठ : मजदुरका कुनै समस्या भए मन्त्रालय आउनुस्



काठमाडौं ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मजदुरका कुनै समस्या भए मन्त्रालय आउन आग्रह गरेका छन्।

शनिवार काठमाडौंमा भएको एक कार्यक्रममा मन्त्री श्रेष्ठले मजदुरका कुनै पनि समस्या भए मन्त्रालयमा आउन विभिन्न संघसंस्थाहरुलाई आग्रह गरेका हुन्। उनले आफू मन्त्रायलमा श्रमिकका लागि केही गरौँ भन्ने उद्देश्यले आएको बताए।

‘श्रमीक क्षेत्रमा श्रम मन्त्रालयमा केही गरौँ भन्ने उद्देश्य लिएर आएको छु, म केही लिउँ भन्ने उद्देश्यले आएको छैन‚’ उनले भने‚ ‘तपाईंहरुले देख्नुभएको पनि छ बीचमा ताहाचलमा वैदेशिक रोजगार जाने सिलसिलामा कत्रो भीड थियो, तपाई भोलि हेर्न जानुहोस। त्यस्तै कोरिया जाने भाइहरु ठगिएको अवस्थामा होटलमै गएर मैले जोगाएँ।’

उनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा सक्रिय रहेका विभिन्न २१ संघसंस्थाहरुलाई मोर्डन इण्डियन स्कुलको पूर्व विद्यार्थी समाजले ट्रयाकसूट वितरण गरेकोमा आफूलाई खुशी लागेको र निःस्वार्थ सहयोग गर्दा अन्य सबैको साथ र सहयोग पाउने बताए।

मन्त्री श्रेष्ठले फोहोर व्यवस्थापनमा सक्रिय रहेका संघसंस्थाहरुलाई राज्यले पनि विशेष महत्व दिनुपर्ने बताए।

प्रकाशित मिति : ११ मंसिर २०७८ शनिबार ००:००  १ : २० बजे