चितवन ।
चितवनको सौराहमा जारी नेकपा (एमाले)को दसौँ महाधिवेशन अन्तर्गत बन्द सत्रको दोस्रो सेसन सुरु भएको छ।
नेतृत्वमा सहमति गर्ने प्रयासका कारण बैठक ढिलाई भएको हो। साँझ ७ बजेका लागि तय भएको बैठक सारेर ८ बजे पुर्याइएको थियो।
तर, अब ९ बजेपछि मात्रै बैठक सुरु भएको हो।
अबको केही बेरमा ध्वनी मतले नेतृत्व चयन भएको घोषणा हुनेछ।
बन्द सत्रको कार्यक्रम निर्वाचन कमिटीले सञ्चालन गर्दै छ ।
एमालेको बन्द सत्र हुने स्थानमा कडाई गरिएको छ। अहिले प्रतिनिधि बाहेक अरुलाई प्रवेशमा रोक लगाइएको छ।
प्रतिक्रिया