१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

इङ्ग्लिस प्रिमियर लिगः चेल्सी र म्यानचेस्टर युनाइटेडले अङ्क बाँडे



एजेन्सी ।
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेड बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

गएराति भएको खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले १–१ गोलको बराबरी खेलेका हुन् । खेलको ५० औँ मिनेटमा जाडोन सान्चोले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ६९ औँ मिनेटमा पेनाल्टीमार्फत जोर्गिन्होले गोल गर्दै चेल्सीलाई १–१ गोलको बराबरीमा फर्काए । बराबरीसँगै शीर्ष स्थानमा रहेको चेल्सीले १३ खेलमा ३० अङ्क जोडेको छ । युनाइटेड १८ अङ्क जोडेर आठौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८ सोमबार ००:००  ७ : ४३ बजे