१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

एकीकृत समाजवादी बाँकेमा थापाको नेतृत्व



नेपालगन्ज ।
नेकपा एकीकृत समाजवादी पार्टीले पूर्णता पाएको छ । समाजवादीको मंगलबार भएको भेलाले इन्द्र बहादुर थापाको अध्यक्षतामा जिल्ला कमिटिलाई पूर्णता दिएको हो ।

पार्टी केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज नेता अशोक कोइरालाको अध्यक्षतामा भएको भेलाले थापाको नेतृत्वमा ३ सय ३ सदस्यीय जिल्ला कमिटि गठन गरेको हो । जिल्ला कमिटिको उपाध्यक्षमा सम्सुद्दिन सिद्दिकी, भद्र प्रसाद देवकोटा, सचिव दिपक जीएम, सहसचिव किशोर थापा, भगवति अधिकारी, कप्तान पाठकलाई चयन गरेको छ ।

चयनित पदाधिकारी तथा सदस्यहरुलाई समाजवादीका पोलिटब्यूरो सदस्य दल बहादुर सुनारले सपथ ग्रहण गराएका थिए ।

त्यसअघि कार्यक्रममा बोल्दै नेता सुनारले जिल्ला कमिटिलाई जिल्लामा पार्टीलाई बलियो बनाउन लागिपर्नका लागि आग्रह गरेका थिए । यसअघि जिल्ला अध्यक्षको समेत जिम्मेवारीमा रहेका बाँके इन्चार्ज कोइरालाले कार्यभार नयाँ कार्यसमितिका अध्यक्ष थापालाई हस्तान्तरण गरेका थिए । कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य तथा बाँके सहइन्चार्ज अब्दुल हुसेन खाँले गरेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७८ मंगलबार ००:००  ८ : २९ बजे