१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कृष्णनगर ८ मा नेकपा (एस)ले बनायो वडा कमिटी



मायादेवी अनलाइन, चन्द्रौटा ।
नेकपा (एकीकृत समाजवादी)ले कृष्णनगर नगरपालिका वडा नं. ८ मा वडा कमिटी गठन गरेको छ ।

मंगलबार भएको वडा भेलाले राघवराम कुर्मी अध्यक्ष रहेको २१ सदस्यिय वडा कमिटी गठन गरेको हो ।

पछिल्लो समय संगठन विस्तारलाई तीव्र बनाउँदै रहेको नेकपा (एस)ले कृष्णनगरमा वडा कमिटी गठनलाई तीव्र बनाउने नगर कमिटी अध्यक्ष इन्तेखाव अहमद खाँले बताउनुभयो ।

वडा भेलाई पार्टीका जिल्ला अध्यक्ष लंका बहादुर हमालले सम्बोधन गर्दै जिल्लाको दक्षिणी क्षेत्रमा पार्टीको बलियो उपस्थिति बढ्न थालेको बताउनुभयो । तत्कालिन एमाले मधेसी जनता सामु मधेस विरोधीको रुपमा देखिए पनि माधवकुमार नेपालले नेतृत्व गरेको समाजवादी पार्टी मधेसी जनताको हितका पक्षमा रहने बताउनुभयो ।

भेलामा जिल्ला उप सचिव तथा क्षेत्रीय इन्चार्ज ओमप्रकाश कुर्मी, कृष्णनगर नगर कमिटी अध्यक्ष इन्तेखाव अहमद खाँ लगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०७८ मंगलबार ००:००  ८ : ४४ बजे