१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

‘ए’ डिभिजन लिगः सङ्कटा र मनाङ मर्स्याङ्दी तथा च्यासल र एनआरटी खेल्दै



काठमाण्डौ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने पहिलो खेलमा सङ्कटा क्लब र मनाङ मर्स्याङ्दी खेल्दैछन् । सङ्कटा र मनाङको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

सङ्कटा दुई खेलमा ४ अङ्क जोडेर पाँचौँ स्थानमा छ । अपराजित मनाङ दुई खेलमा ६ अङ्क जोडेर दोस्रो स्थानमा छ । यस्तै दोस्रो खेलमा च्यासल युथ क्लब र न्युरोड टिम एनआरटी खेल्दैछन् । खेल बेलुका पौने पाँच बजे सुरु हुनेछ ।

च्यासल दुई खेलमा ३ अङ्क जोडेर आठौँ स्थानमा छ भने एनआरटी दुई खेलमा १ अङ्कसहित लिगको १२औँ स्थानमा छ । हिजो भएको खेलमा एपीएफलाई हराउँदै नवप्रवेशी क्लब सातदोबाटो लिगको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोले ३ खेलमा ७ अङ्क जोडेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८ शनिबार ००:००  ९ : २७ बजे