१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

वाणगंगामा गृहणीहरुलाई भान्साघर क्लिनिक सम्बन्धी अभिमुखिकरण



मायादेवी अनलाइन, जितपुर ।

वाणगंगा नगरपालिकामा गृहणीहरुलाई भान्साघर क्लिनिक सम्बन्धी अभिमुखिकरण दिइएको छ ।

सोमबार वाणगंगा नगरपालिका कपिलवस्तुको आयोजनामा नगर भित्रका गृहणीलाई अभिमुखिकरण दिइएको हो । दैनिक भान्सामा प्रयोग हुने औषधिय गुण भएका मसलाको परिचय, प्रयोग, महत्व तथा संरक्षणबारे जानकारी गराउन कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगरपालिकाका मेयर मंगल प्रसाद थारुले भान्साघर क्लिनिक सम्पबन्धी अभिमुखिकरणले गृहणीले औषधिय गुण भएका मसलाको महत्व लगाएतका कुरा सिक्ने बताउदै आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा दैनिक भान्सामा प्रयोग हुने औषधिय गुण भएका मसलाको परिचय, प्रयोग, महत्व तथा संरक्षणबारे आयुर्वेद चिकित्सक प्रवेश श्रीवास्तव, आयुर्वेदको संगठनात्मक संरचना तथा ती संस्थाहरुबाट पाइने सेवाहरुको बारेमा बैद्य अनुपमा पराजुलीले जानकारी गराउनुभएको थियो ।

यसैगरी स्वस्थ जीवनशैलीबारे डाक्टर पुष्पराज पौडेलले जानकारी गराउनु भएको थियो । वडा नम्बर ८ का वडा अध्यक्ष गुणनिधी भुसालको अध्यक्षता रहेको कार्यक्रममा उपमेयर चक्र अर्याल, प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनाल, उपसचिव बाबुराम भटुराई लगाएतको उपस्थिती थियो । कार्यक्रम अनुपमा पराजुलीको स्वागत मन्तब्य र तेज बहादुर सोमैको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २० मंसिर २०७८ सोमबार ००:००  ५ : ४६ बजे