१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

जनता समाजवादी पार्टीको वडा भेला सम्पन्न



कपिलवस्तु ।

जनता समाजवादी पार्टी नेपाल कपिलवस्तु स्थित बाणगंगा नगरपालिका वडा नम्बर १ को वडा भेला सम्पन्न भएको जसपा कपिलवस्तुले जनाएको छ ।

जसपाको जारी संगठन सुदृढीकरण तथा जनजागरण अभियान अन्र्तगत विष्णु केसीको अध्यक्षता सहित खुसी घर्ती मगरको संचालनमा वडा भेला सम्पन्न भएको हो ।

भेलालाई जसपा केन्द्रिय सल्लाहाकार समितिका अध्यक्ष विष्णुहरी शर्मा, केन्द्रिय सदस्य नारायण खनाल, बोम दर्लामी मगर, लुम्बिनी प्रदेश उपापध्यक्ष डा। अब्दुल रसिँद खाँ, जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव, जिल्ला सचिव चोपलाल राहुल मगर बाणगंगा नगर अध्यक्ष जेपी खनालल लगाएतले सम्बोधन गर्नुभएको थियो ।

सम्पन्न भेलाले विष्णु केसीको अध्यक्षतामा १५ सदस्यीय वडा समितिको गठन पनि गरेको छ । जसको उपाध्यक्षमा तिलबहादुर राजकोटी मागर, सचिवमा किम बहादुर सारु, कोषाध्यक्षमा बम बहादुर सारु, र सह सचिवमा अमिता सारु चयन हुनुभएको जसपा नगर समितिले जानकारी दिएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७८ सोमबार ००:००  ६ : ०० बजे