१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

काँग्रेस लुम्बिनी प्रदेश सदस्यमा कपिलवस्तुका रुक बहादुर भूसाल विजयी




मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुका ब्यवसायी तथा नेता रुक बहादुर भूसाल कांग्रेस प्रदेश सदस्यमा विजयी हुनुभएको छ । सोमबार सम्पन्न प्रदेश अधिवेशनबाट भुसाल सदस्यमा विजयी हुनुभएको हो । बाणगंगा ७ बनगाइका स्थायी बासिन्दा रहनुभएका भुसाल विगत लामो समयदेखि काँग्रेशको राजनीतिमा सक्रिय रहनु भएको छ ।

काँग्रेश राजनीतिमा त्यति चर्चामा नआए पनि भुसाल अरुलाई पदमा पुर्याउने चतुर खेलाडीको रुपमा चिनिनु हुन्छ । प्रदेश सदस्यमा चुन्न सहयोग गर्ने सबैलाई धन्यबाद दिँदै उहाँले अब आफ्नो थप सक्रियता रहने मायादेवी अनलाइनसंग बताउनु भयो । उहाँ कपिलवस्तु उद्योग बाणिज्य संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष पनि हुनुहुन्छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८ मंगलबार ००:००  ६ : १२ बजे