१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

यू-१९ महिला टोली आज बंगलादेश जादै



काठमाडौं ।  बंगलादेशमा आयोजना हुने साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोली आज मंगलबार त्यसतर्फ प्रस्थान गर्दैछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोली अपरान्ह १:४५ बजे ढाका प्रस्थान गर्ने जनाएको छ ।

एन्फाले सोमबार नै ढाका जाने महिला यू-१९ टोलीलाई बिदाइ गरेको थियो ।  

च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले २३ सदस्सीय टिमको घोषणा गरिसकेका छन् ।

नेपालले यस संस्करणको उपाधि जित्ने लक्ष्य लिएको छ । अघिल्लो पटक नेपाल उपविजेता बनेको थियो ।

च्याम्पियनसिप डिसेम्बर ११ देखि २२ तारिखसम्म ढाकामा आयोजना हुनेछ ।

प्रतियोगितामा पाँच टिमले सहभागिता जनाउनेछन् । आयोजक बंगालदेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले आफ्नो पहिलो खेल आयोजक बंगालदेशविरुद्ध डिसेम्बर ११ तारिखमा खेल्नेछ ।

नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध १५ तथा तेस्रो खेलमा भुटानविरुद्ध १७ तारिखमा खेल्नेछ ।

राउन्ड रोविनका आधारमा हुने प्रतियोगिताको चौथो खेल नेपालले भारतविरुद्ध डिसेम्बर १९ मा खेल्ने तालिका रहेको छ ।

राउन्ड रोविन खेलपछि शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल डिसेम्बर २२ मा हुनेछ ।

प्रकाशित मिति : २१ मंसिर २०७८ मंगलबार ००:००  ८ : ०८ बजे