८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेपालले एमसीसी लिने र नलिनेबारे अमेरिकालाई प्रष्टसँग भन्नुपर्छ : प्रस्तावित राजदूत खत्री



काठमाण्डौ ।
अमेरिकाका लागि प्रस्तावित राजदूत प्रोफेसर श्रीधर खत्रीले नेपालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्स कर्पोरेशन ९एमसीसी० लिने वा नलिने अमेरिकालाई प्रष्टसँग भन्नुपर्ने बताउनुभएको छ ।

आज सोमवार संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत खत्रीले एमसीसीबारे नेपाल र अमेरिका दुवै देशका अधिकारीहरूले भ्रम फैलाउने काम गरेको दाबीसमेत गर्नुभयो । उहाँले यो सम्झौतालाई इन्डो–प्यासेफिक रणनीतिसँग जोडेर हेर्न नहुने बताउनुभयो ।

प्रस्तावित राजदूत खत्रीले एमसीसी अनुदान भएको र ऋण तिर्नुनपर्ने स्पष्ट पार्नुभयो । यो सम्झौाता दुई देशबीचको सहयोगमा अगाडि बढ्ने उहाँको बुझाइ थियो ।

प्रस्तावित राजदूत खत्रीले भन्नुभयो, ‘धेरैजसोले इन्डो–प्यासेफिक रणनीति र एमसीसीलाई मिसाएर हेर्ने गरेका छन् । यो धारणा केही हदसम्म गलत पनि हो । यसलाई बुझ्न नेपालतर्फ र अमेरिकातर्फबाट पनि गल्ती भयो भन्ने लाग्छ । हामीले यो सम्झौता लिने हो भने पनि प्रष्ट भने हुन्छ, नलिने हो भने पनि प्रष्ट भने हुन्छ ।’

प्रस्तावित राजदूत खत्रीले संसदीय समितिलाई अमेरिकाले एमसीसीबारे पछिल्लो पटक प्रष्ट पारेको पनि बताउनुभयो ।

प्रकाशित मिति : २१ मंसिर २०७८ मंगलबार ००:००  १२ : ४८ बजे