७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

अखिल (क्रान्तिकारी) ले राखेका मागमा विद्यालय सकरात्मक, रत्नराज्यमा लगाइएको ताला खोलिने



कपिलवस्तु ।

कपिलवस्तुमा अखिल (क्रान्तिकारी)द्धारा तौलिहवास्थित रत्नराज्य माबिको प्रधानाध्यापक कक्ष र लेखा शाखामा लगाएको तालाबन्दी खोलेको छ । बुधबार विद्यालय प्रशासन र अखिल (क्रान्तिकारी) बीच सहमति भएपछि तालाबन्दी खुलेको हो ।

सहमतिमा अखिल (क्रान्तिकारी) कपिलवस्तुले राखेका मागहरुलाई सम्बोधन गर्ने सहमति भएको छ । सहमतिमा १५ दिनभित्र अभिभावक भेला बोलाएर व्यवस्थापन समिति बनाउने, विद्यार्थीहरुबाट लिएको शुल्क फिर्ता गर्ने, जग्गा भाडाको सम्झौतापत्र सार्वजनिक गर्ने, शौचालय, खानेपानीलगायत विद्यालयको भौतिक संरचना निर्माण गर्ने लगायतका सहमति भएको अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य विष्णु रावतले बताए ।
अखिल (क्रान्तिकारी)ले बिगत ३ वर्षदेखि व्यवस्थापन समिति भंग गरेको, सार्बजनिक लेखा परिक्षण नगरेको, बिद्यार्थीबाट विभिन्न बहनामा उठाएको शुल्कको बिल भरपाई नगरेको, आफ्नो निजी खल्तीमा राखेको, बिद्यालयको करिव ७२ बिघा जग्गा भाडा दिएको, आम्दानीको विवरण शिक्षक, बिद्यार्थी, अभिभावकको बिचमा पारदर्शी नगरेको, प्रधानाध्याकले भ्रस्टाचार गरेको आदि मागहरु राखेर विद्यालय बन्द गरेको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७८ बुधबार ००:००  ६ : ०५ बजे